रौतहट प्रहरीलाई ‘वाह’ प्रहरी बनाउने छु : प्रहरी उपरीक्षक खत्री

समाचार

3/4/2019

रौतहट, १७ फागुन । जिल्ला प्रहरी कार्यालयका प्रमुख भुपेन्द्र बहादुर खत्रीले रौतहट प्रहरीलाई ‘वाह’ प्रहरी बनाउने बताएका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको मिट एण्ड ग्रिट कार्यक्रममा सम्बोधन गर्दै प्रहरी उपरीक्षक खत्रीले सेवाग्राहीसँग गर्ने व्यवहारको बारेमा जानकारी गराई राम्रो प्रहरीको पहिचान दिने प्रहरी बनाउने बताए ।

राष्ट्रिय प्रहरी प्रतिष्ठान काठमाडौंबाट रौतहटमा फागुन १२ गते हाजिर भएका प्रहरी उपरीक्षक खत्रीले रौतहटको बारेमा बाहिर गरिएको नकारात्मक प्रचार प्रसार भ्रामक मात्र रहेको दावी गरे ।

उनले भने, ‘रौतहट जिल्ला राम्रो रहेको छ । नराम्रो वतावरण रहेको हल्ला अफवाह मात्र रहेको अनुभव गरेको छु ।’ विगतमा गरे भएको कार्य जस्तो आफ्नो कार्य नहुने विश्वास जनाएका छन् ।

कर्मचारीका लागि रौतहट राम्रो बस्ने ठाउँ नभएको राजधानी काठमाडौंतिर हल्ला रहेको तर त्यस्तो वातावरण नपाएको उनको भनाई रहेको छ ।

रौतहटमा बसुञ्जेल कानुनको पालना गर्दै जनतालाई न्यायको अनुभुति गराउने बताए । अपराध अनुसन्धानमा राम्रो अनुभव रहेको सुनाउँदै नेपालको चर्चित घटनाको आफ्नो नेतृत्वमा सफल अनुसन्धान समेत गरेको दावी गरे । उनले भने जनकपुरको रामानन्द चौकमा भएको घटनाको पनि अनुसन्धान गरेको छु ।

संचारकर्मीहरुले रौतहटमा आउने प्रायजसो प्रहरी प्रमुखले पत्रकार सम्मेलनमा राम्रो निष्पक्ष रुपमा कार्य गर्ने प्रतिवद्धता जनाए पनि पछि त्यो बिर्सेने गरेको राखेको जिज्ञासामा प्रहरी उपरिक्षक खत्रीले आफूले भिन्न तरिकाबाट कार्य गर्ने र भनाइ भन्दा गराई दरिलो हुने बताए ।

गर्नेले कम बोल्ने सिद्धान्त सिद्ध गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन् । तस्करी, अपराधी गतिविधि, शान्ति सुरक्षा कायम गरी जनतालाई दरिलो र भरपर्दो सेवा प्रवाह गरेर देखाउने दृढता व्यक्त गर्दे प्रहरी उपरीक्षक खत्रीले संचारकर्मी सितको समन्वय सहकार्य निरन्तर कायम राख्ने जनाए ।

गरेको कार्यको प्रगति विवरण समय–समयमा सार्वजनिक गर्ने समेत उल्लेख गरे । कसैको दबाबमा नपरि आफ्नो बुद्धि विवेकले भ्याएसम्म निष्पक्ष, पारदर्शी ढंगबाट कार्य गर्ने बताए ।

२०५६ सालमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका खत्रीले विस्वासिलो र भरपर्दो सेवा प्रवाह गर्ने वाचा गरे । सादा पोशाकका प्रहरीले तस्कारसित उठ वस गरेको पाइएमा कडा कार्यवाही गर्ने चेतावनी दिए । अनुसन्धान बलियो अधारमा गर्ने र कसैले सोधेमा छाती तन्काएर भन्ने सुनाए ।

प्रहरी जनताको सेवक भएकोले जनतासित सहकार्य गरि सत्य तथ्य बाहिर ल्याउने उनको कथन रहेको छ । आफ्नो बसाइको अवधिमा नमुना कार्य गरेर जाने ठोकुवा गरे ।

सरुवा भएर गएपछि स्थानीय र संचारकर्मीले राम्रो कार्य गरेको भन्नु पर्ने सोच राखेको उनले भने केही नभएपनि राम्रो भने पछि आफु गौरवान्वित हुने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ