रूपान्तरणका लागि प्रलेस

समाचार

12/31/2018

काठमाडौं, १५ पुस । प्रगतिशील लेखकहरूले नेपालमा प्रगतिशील लेखक सङ्घको औचित्य, आवश्यकता र महत्वमाथि प्रकाश पारेका छन् ।

प्रगतिशील लेखक सङ्घ ३ नं. प्रादेशिक समितिद्वारा आयोजित सङ्घको ११ औँ राष्ट्रिय सम्मेलन नजिकिँदै गइरहेको सन्दर्भमा प्रलेसको जीवनका बारेमा विभिन्न मत–अभिमत पनि व्यक्त भएको हो ।

२००९ सालमा स्थापित नेपालका वामपन्थीनिकट लेखक–साहित्यकारहरूको साझा मञ्च प्रगतिशील लेखक सङ्घको आफैँमा रूपान्तरण आवश्यक रहेको कुरा उल्लेख गर्दै वक्ताहरूले प्रलेसले सबैतिरको कमी–कमजोरीको भण्डाफोर गर्न सक्छ कि सक्तैन भनेर प्रश्न पनि उठाएका थिए ।

वक्ताहरूले अब प्रगतिशील लेखक सङ्घले ठोस नीतिहरू निर्माण गर्दै यथास्थितिलाई चिरेर अघि बढ्न पनि सुझाएका थिए ।

प्रगतिशील लेखक सङ्घमा आउने मानिसहरूका बारेमा पनि सम्बन्धित पार्टीहरूमा गम्भीर छलफल गरिनुपर्ने कुरामा जोड दिंदै वक्ताहरूले नेपालमा वर्गसंघर्ष अन्त्य नभएको र निरन्तर क्रान्ति आवश्यक रहेकोले यसको औचित्य अझ बढेको कुरामा पनि जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ