रुपन्देही, १९ चैत । रुपन्देहीमा आगलागीबाट घरगोठ जलेर पूर्णरुपमा नष्ट भएको छ ।
गैडहवा गाउँपालिका–५ तुक्रौलीया बस्ने अब्दुल रहमान र जैश मुसलमान धोवीको खरको छानो भएको गोठमा मंगलबार बिहान आगलागी भएको थियो ।
सो आगलागीबाट गोठ पूर्णरुपमा जल्दा करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीयबासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया