रुपन्देही, १४ माघ । रुपन्देहीमा तीन वटा ट्रक एक आपसमा जुध्दा तीन जनाको ज्यान गएको छ ।
रोहिणी गाउँपालिका–४ सुईलिहवास्थित सडकमा लु.१ ख ६७४५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना.२ ख ८४८१ नम्बरको ट्रक र ना.५ ख ७८५६ नम्बरको ट्रक एक आपसमा ठोकिएको थियो ।
मंगलबार बिहान दुर्घटनामा गम्भीर घाइते भएका ना.२ ख ८४८१ नम्बरको ट्रकको चालक सुनसरी चतरा बस्ने ३५ वर्षीय पूर्ण बहादुर भुजेल लगायत ३ जनाको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया