रुपन्देहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

समाचार

1/16/2019

रूपन्देही, २ माघ । बसले मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देहीमा एक युवकको मृत्यु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–८ स्थित सडकमा लु.२ ख ७५२ नम्बरको बसले लु. १९ प १११२ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा रामसेवक कहारको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–९ बस्ने २५ वर्षीय रामसेवक कहारको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ