चन्द्रकान्त खनाल, रुपन्देही, ६ पुस । रुपन्देही जिल्ला लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।
लुम्बिनीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि देशकै ६१ औं र प्रदेश ५ को ११ नम्बरमा रुपन्देही जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो ।
प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा १६ वटै स्थानीय तहका प्रमुख उप्रमुखको उपस्थितिमा खुल्ला दिशा मुक्तक क्षेत्र घोषणा गर्दै पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता समेत जनाएका छन् ।
मन्त्री चौधरीले रुपन्देही जिल्ला भौतिक पुर्वाधारले बिकसीत जिल्ला भएपनि खुल्ला दिशा मुक्त क्षेत्र घोषणमा ढिलाई भएको बताए ।
खुल्ला दिशा मुक्त क्षेत्र जिल्लालाई घोषणा गरेपनि यसको कार्यान्वयन चुनौतिपूर्ण रहेको मन्त्री चौधरीले बताउँदै १६ वटै स्थानीय तहले कार्यान्वयनमा ल्यैजानु पर्नेमा जोड दिए ।
प्रदेश सभाका सदस्य फकरुद्धिन खाँले सरसफाई सबैको लागि आवश्यकता रहेको बताउँदै खुल्ला दिशामुक्त क्षेत्र घोषाण गरेर मात्र नहुने वताए ।
यसको कार्यान्वयन चुनौतिपूर्ण रहेको नेपाली कांग्रेसका नेता समेत रहनु भएका खाँले बताउँदै सबैले प्रतिबद्ध भएर कार्यान्वयनमा लाग्नु पर्नेमा जोड दिए ।
त्यस्तै प्रदेश सभाका सदस्य अष्ठभुजा पाठकले जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्दै अब पूर्ण सरसफाई युक्त बनाउँनमा जोड दिनु पर्ने बताए ।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले भब्य रुपमा कार्यक्रम आयोजना गरेर जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेपनि कार्यान्वयनमा सबै स्थानीय तहले अनुगमन गर्नु पर्ने वताएका छन ।
कार्यान्वयनको लागि रुपन्देहीको दक्षिणभेगमा शिक्षा जनचेतना फैलाउँन आवश्यकता रहेको रानाको भनाई छ।
रुपन्देही जिल्लामा १ लाख ६३ हजार ८ सय ३५ घरधुरीमा शौचालय रहेको जिल्ला खानेपानी सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरीले जानकारी दिए।
जिल्लामा तिलोत्तामा नगरपालिकाको साविक शंखरनगर गाविस पहिलो खुल्ला दिशा मुक्त क्षेत्र घोषणा हुन सफल भएको थियो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवि आचार्य, लुम्बिनी सांस्कृति नगरपालिकाका प्रमुख मनमोहन चौधरी, नमुना एकिकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडेल लगायतले बोल्दै खुल्ला दिशामुक्त क्षेत्रको कार्यान्वयनमा सबै लाग्नु पर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया