रामजानकी विवाह महोत्सव नेपाल र भारतको सभ्यताको अभिन्न अंग : योगी

समाचार

12/13/2018

जनकपुरधाम, २६ मंसिर । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान् राम र सीताको जीवन भाारत तथा नेपालको धर्म, संस्कृति र सभ्यताको अभिन्न अङ्ग भएको उल्लेख गरेका छन् ।

सीताराम विवाह महोत्सवका अवसरमा आज जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनापछि आगन्तुक पुस्तिकामा सो कुरा लेख्दै उनले सीतारामले पालना गरेको आदर्श र मूल्य सार्वभौम भएकाले पे्ररणा प्रदान गरिरहेको उल्लेख गरे ।

उनले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पूजा अर्चना र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्न पाएकामा खुसी व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ