काठमाडौं, १० बैशाख । २०७२ सालको विनाशकारी भुकम्पमा क्षतिग्रस्त भएको जङ्गी अड्डा भवनको पुनर्निर्माण सम्पन्न पश्चात राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नवनिर्मित सात तल्ला भवनको उद्घाटन गरेका छन् ।
नेपाल सरकारले नेपाली सेनाको संरचना अनुसार सुविधा उपलब्ध गराउने उद्देश्यले यस भवनको मिति २०७३ जेष्ठ २४ गतेबाट निर्माण कार्य सुरु भएको थियो ।
नवनिर्मत भवनमा क्यूविकलसहित ४३० कोठाहरु, विभिन्न प्रयोजनका घज्ञ सभाहलहरु रहेको यस भवनबाट नेपाली सेनाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयसहित ४७ वटा कार्यालयहरु सञ्चालनमा रहनेछन् ।
आवश्यकताअनुसार, छतमा हेलिकोप्टर समेत अवतरण गर्न मिल्ने गरी निर्माण गरिएको यस भवनका कार्यालयहरुमा एक हजार जनशक्ति कार्यरत रहने क्षमता रहेको छ ।
कार्यक्रमको सुरुमा प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत मन्तव्य राखेका थिए भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले आ–आफ्नो मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया