दुई नेपाली युवालाई भारतमा ‘राष्ट्रपति पुरस्कार’

समाचार

5/9/2019

काठमाडौं, २५ बैशाख । भारतमा चर्चित ‘महर्षि बादरायण व्यास सम्मान’बाट दुई नेपाली विद्वान् सम्मानित भएका छन् । राष्ट्रपति रामनाथ कोविन्दले स्थापना गरेको उक्त सम्मान डा. विश्वनाथ धिताल र डा. उमेश नेपाललाई प्रदान गरियो ।

दिल्लीमा आयोजित एक विशेष समारोहमा भारतीय उपराष्ट्रपति बैंकैया नायडूले उनीहरुलाई सम्मान गरे । पुरस्कारको राशि जनही एक लाख भारु छ ।

संस्कृत वाङ्मयमा युवावर्गलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो । डा. धिताल बनारस हिन्दू विश्वविद्यालयमा इन्जिनियरहरुलाई संस्कृत र दर्शन विषय पढाउँछन् ।

यसैगरी डा. नेपाल जगद्गुरु रामानन्दाचार्य विश्वविद्यालयमा संस्कृत साहित्य विषय पढाउँछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ