राष्ट्रियसभा अध्यक्ष र जापानको माथिल्लो सदनका प्रतिनिधिबीच शिष्टचार भेट

समाचार

12/22/2018

काठमाडौं, ६ पुस । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टचार भेटघाट भएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार भएको भेटमा दुई देशको सम्बन्ध मित्रता, साझेदारी र द्विपक्षीय सहयोगका आधारमा अगाडि बढिरहेको दुबै पक्षले बताए ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दुई देशबीच समान विचारका कारण सम्बन्ध समस्यारहित रहँदै आएको धारणा राखे । उनले जापानको माथिल्लो सदनका चार सदस्यीय प्रतिनिधिमण्डलको भ्रमणले नेपाल र जापानको संसदबीचको सम्बन्ध मजबुद हुने विश्वास व्यक्त गरे ।

‘यहाँहरुको भ्रमणले दुई देशको सम्बन्ध सरकार, संसद र जनतासम्म प्रगढ हुने विश्वास लिएको छु,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सरकार प्रमुख तहमा समेत भ्रमण आदानप्रदान हुन जरुरी छ ।’

अध्यक्ष तिमिल्सिनाले नयाँ संविधान निमार्ण पश्चात तीन तहको निर्वाचन सम्पन्न गरी आवश्यक कानुन निमार्णमा संसद लागिरहेको जानकारी गराए ।

साथै उनले समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर आगडि बढेको सरकारले पूर्वाधारसँगै उद्योग, व्यापार, पर्यटन र कृषिको आधुनिकिकरण जोड दिइरहेको बताए । ‘नेपालको समृद्धिको यात्रामा जापानको पूर्ण साथ र सहयोग हुने अपेक्षा लिएका छौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ