राष्ट्रिय परिचयपत्रले डिजिटल नेपाल बनाउन मद्दत पुग्ने : मुख्यमन्त्री राई

समाचार

12/23/2018

विराटनगर, ८ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले डिजिटल नेपाल बनाउन मद्दत पुग्ने बताएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विराटनगरमा आइतबार आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् ।

प्रविधिको उच्चतम प्रयोग र डिजिटल नेपाल बनाउन यो कार्यले अझ मद्दत हुने मुख्यमन्त्री राईले विश्वास व्यक्त गरेका हुन् ।

उनले यो अभियानमा जुटेका निकायले समयमै आफ्ना काम पूरा गर्न निर्देशन पनि दिए । नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ