काठमाडौं, ३ माघ । राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघको समायोजनको जिम्मा कृष्णा सिंहलाई दिइएको छ ।
राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।
आगामी फागुन १४ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि राविसंघलाई समायोजन गर्न सिंहलाई जिम्मा दिइएको राजपा संयोजक महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
६ मधेशकेन्द्रित दल एकीकरण भएको अढाई वर्षभन्दा बढी समय बितिसक्दा पनि अहिलेसम्म राजपाको विद्यार्थी संगठन समायोजन हुन सकेको छैन । समायोजन नहुँदा विद्यार्थी नेताहरुले गत साता राजपा नेपालको मूलगेटमै तालाबन्दी गरी धर्ना दिएका थिए ।
यसैगरी, आगामी आइतबारदेखि चक्रीय प्रणालीअनुसार राजपा नेपालको अध्यक्षमण्डलको संयोजक महेन्द्र यादव हुने भएका छन् ।
तपाईको प्रतिक्रिया