राष्ट्रिय सेवा दलमा विशेष प्रशिक्षण र तालिम

समाचार

1/25/2020

वीरगन्ज, ११ माघ । राष्ट्रिय सेवा दलमा विशेष प्रशिक्षण र तालिमको लागि सेन्ट जेवियर्स मा.वी अन्तर्गत रहेको बुद्ध फाउण्डेसनका ३६ जना छात्रछात्राहरुले आफ्नो तालिम सम्पन्न गरेका छन् ।

तालिम सम्पन्न पश्चात उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलद्वारा तालिम प्राप्त गरेका छात्रछात्राहरुलाई दिक्षान्त, कवाज प्रदान गरेका थिए ।

राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षाले बर्दिवासको सेना क्याम्पमा अन्तिम तालिम गराइएको थियो । यस तालिमबाट स्वास्थ्य, आत्म सुरक्षा, अनुशासन र देशको रक्षा गर्न सक्ने मानसिक वृद्धि भएको रक्षामन्त्री पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ