आफुमातहतका सबै कार्यालयबाट लाइसेन्स वितरण गर्दै प्रदेश १

समाचार

2/19/2020

विराटनगर, ७ फागुन । प्रदेश १ सरकार आफूमातहतका सातवटै यातायात कार्यालयबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणको तयारी थालेको छ ।

इटहरीका दुईसहित विराटनगर, गाईघाट, धनकुटा, विर्तामोट र इलामबाट पनि सवारी अनुमतिपत्र वितरण गर्न लागिएको प्रदेश १ का यातायात निर्देशक भीम गौतमले जानकारी दिए । ‘चालू आर्थिक वर्षबाटै सातवटै कार्यालयबाट लाइसेन्स वितरण सुरु गर्ने तयारी गरेका छौं’, गौतमले भने ।

हाल प्रदेश १ मा इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट निश्चित समयमा मात्रै सवारीचालक अनुमतिपत्र वितरण हुँदै आएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल प्रदेश १ मा साना–ठूला गरेर ६ लाख सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ