मोरङ, २ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शहरी क्षेत्रमा हुन सक्ने र लुकेका अपराध प्रहरीले उजागर गर्न सक्नुपर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।
ट्राफिक व्यवस्थापनलाई अझै चुस्त दुरुस्त बनाउन अझै नवीनतम् प्रयासहरु एवम् अभियान नै संचालनमा ल्याउन प्रहरी महानिरीक्षक खनालले उक्त अवसरमा निर्देशन दिनुभयो । सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण गर्न सूचना प्रविधिको प्रयोग, सूचना संकलन, नागरिक सम्पर्क जस्ता विभिन्न उपायहरू अबलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।
लागूऔषध दुर्व्यसनी तथा लागूऔषध कारोबार नियन्त्रण गर्न मोरङ प्रहरीले संचालन गरेको ‘लागूऔषध विरुद्धको अभियान’ प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यस्ता कार्यलाई अन्य प्रहरी कार्यालयहरूले पनि अवलम्बन गरी सक्रिय हुनुपर्ने बताए । सबै प्रहरी कर्मचारीहरुले अझै अनुशासित तरीकाले काम गरी समाजमा प्रहरीको छवि उच्च बनाउन उनले निर्देशन समेत दिए ।
तपाईको प्रतिक्रिया