डुबेर बालिकाको मृत्यु

समाचार

2/22/2019

कैलाली, ९ फागुन । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने कबिराज कडायतको २ वर्षीया छोरा बिबेक कडायतको डुबेर बिहीबार बिहान मृत्यु भएको छ ।

खेलिरहेको अवस्थामा घर नजिकै रहेको पानीको खाल्डोमा डुब्न गई अशक्त भएका उनलाई उपचारको लागि अंचल अस्पताल सेती लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सोही पानीको खाल्डोमा डुब्न गई अशक्त भएका सोही ठाउँ बस्ने सितल केसीको २ वर्षीया छोरा तनुस केसीलाई थप उपचारको लागि कोहलपुर नेपालगंज रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ