लक्ष्यभन्दा आधा मात्र राजस्व असुली

समाचार

6/26/2019

विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको ११ महिनामा लक्ष्यको आधा मात्र राजस्व असुली गरेको छ ।

चालू आर्थिक वर्षमा महानगरपालिकाले ५४ करोड ३ लाख राजस्व असुली गर्ने लक्ष्य राखेकोमा हालसम्म ३० करोड ६३ लाख राजस्व असुली गरेको हो ।

गत साउनदेखि वडास्तरबाट कर तथा राजस्व संकलन गर्ने निर्णय भएअनुसार कर असुली हुँदै आएको छ । तर कर तिर्न आएका सेवाग्राहीबाट घूस लिने कर्मचारीलाई जनप्रतिनिधिले नै रंगेहात पक्राउ गरेपछि २६औं कार्यपालिका बैठकले कुनै पनि कर महानगरबाट नलिने निर्णय गरेको थियो ।

स्थानीय तहमा सातओटा शीर्षकमा राजस्व असुली हुने गरेको छ । घर–जग्गा कर, व्यवसाय कर, विज्ञापन कर, सवारी पार्किङ कर, दण्ड जरीवाना, धरौटी जफत र नक्सा पास दस्तुरसहित विविध शीर्षकको कर तथा दस्तुर वडामा बुझाउनुपर्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ