लाखौंको चोरीपैठारीका हार्डवेयर सामानहरु बरामद

समाचार

6/5/2019

कैलाली, २२ जेठ । जिल्लाको धनगढी उपमहानगरपालीका ९ जुगेडा ईलाकाबाट एपीएफ टोलीले करीब ३ लाख २७ हजार रुँपैया बराबरको चोरीपैठारीको हार्डवेयर सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको उल्लेखित रुँपैया बराबरको उक्त हार्डवेयरका सामान सशस्त्र प्रहरी बल नेपाल, नम्वर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीका लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ