लागूऔषधसहित गिरी पक्राउ

समाचार

10/22/2019

मोरङ, ४ कार्तिक । विराटनगर महानगरपालिका १५ स्थित १ ढाटबाट बेलबारी नगरपालिका ६ बस्ने ४० वर्षीय सिद्धि गिरीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

उनलाई लुकाई छिपाई ल्याएको हेरोईन जस्तो देखिने खैरो पाउडर ५ ग्राम २ सय ५० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गिरीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ