लागूऔषधसहित थारु पक्राउ

समाचार

10/23/2019

कपिलवस्तु, ५ कार्तिक । बाणगंगा नगरपालिका–११ मैरी बस्ने १८ वर्षीय करण थारुलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो ३ ग्राम ५ सय मिलीग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले करणको घरमा तलासी गर्दा उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ