रूपन्देही, १ माघ । बुटवल उपमहानगरपालिका–६ दुर्गा मन्दिर परिसरबाट कास्की पोखरा महानगपालिका–४ कालिमाटी चोक वस्ने २६ वर्षीय सन्तोष माझी र म्याग्दी देउराली गाउँपालिका–६ बस्ने २९ वर्षीय खिम मगरलाई नियन्त्रित लागूऔषधसहित पक्राउ गरिएको छ ।
नुर्फिन ४८ पिस, फेनेरागन ४८ पिस र डाईजोपाम ४८ पिससहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया