लागूऔषधसहित दुई पक्राउ

समाचार

1/8/2019

रुपन्देही, २३ पुस । सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित शान्ती गेटबाट बुटवल उपमहानगरपालिका–११ बस्ने ३८वर्षीय केशव खनाल र तिलोत्तमा नगरपालिका–२ बस्ने ४० वर्षीय सोमबहादुर तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर ३ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्रोभेट१५ एम्पुल, स्पास्मो १६एम्पुलसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालयभैरहवा र इलाका प्रहरी कार्यालय बेलहियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ