पर्सा, २८ पुस । वीरगंज महानगरपालिका– १६ शंकर आचार्य गेट नजिकबाट लागूऔषध चरेश ५ किलो सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–११ बस्ने १८ बर्षीय राज पंडित र कालिकामाई गाउँपालिका(२ बस्ने १७ बर्षिय अखलेश कानु रहेका छन् ।
प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागी जाँच गर्दा उक्त परिमाणको लागूऔषध सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया