लागूऔषधसहित सिंह पक्राउ

समाचार

1/25/2020

कपिलवस्तु, ११ माघ । कृष्णनगर नगरपालिका–२ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट ३ सय ट्याबलेट सहित दार्चुला मालिका अर्जुन गाउँपालिका–३ घर भएका २५ वर्षीय अर्जुन सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ