लागूऔषधसहित १० वर्षे बालकसहित तीन जना पक्राउ

समाचार

1/16/2019

रूपन्देही, २ माघ । नियन्त्रित लागूऔषधसहित रुपन्देहीमा १० वर्षे बालकसहित तीन जना पक्राउ परेका छन् ।

बुटवल उपमहानगरपालिका–६ स्थित ट्राफिकचोकबाट कास्की पोखरा महानगरपालिका–१४ बस्ने २० वर्षीय अमरघर्ती भुजेल, सोही महानगरपालिका–१ बस्ने २४ वर्षीया नमुना नेपाली र उनका छोरा १० वर्षीय आसमान विकलाई प्रहरीले पक्राउ गरेको छ ।

नियन्त्रित लागूऔषध फेनेरागन ३ सय ४६ एम्पुल, नुर्फिन ३ सय ४६ एम्पुल र सेरेज्याक ३ सय ४६ एम्पुलसहित बुधबार बिहान प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ