लागूऔषधसहित दुई जना पक्राउ

समाचार

4/24/2019

बाँके, ११ बैशाख । नेपालगंज उपमहानगरपालिका–१५ स्थित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली जानकी गाउँपालिका–५ पथरैया बस्ने १९ वर्षीय खेमराज जैशीलाई ९ ग्राम ब्राउन सुगर र बाँके बैजनाथ गाउँपालिका–२ बस्ने १८ वर्षीय अर्जुन बिकलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट २० ट्याबलेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ