लागूऔषध सेवन गर्नबाट रोक्न खोज्दा कुटपिटबाट मृत्यु

समाचार

12/17/2018

सप्तरी, २ पुस । तिलाठी कोईलाडी गाउँपालिका कार्यालयका पाले सोही गाउँपालिका–१ बस्ने २७ वर्षीय परसु रामको कुटपिटबाट मृत्यु भएको छ ।

उक्त कार्यालयको चौरमा सोही गाउँपालिका–२ बस्ने ३३ वर्षीय शैलेन्द्र मुखिया समेतको समूहलाई शनिबार साँझ लागूऔषध सेवन गर्न रोक्न खोज्दा उनीहरुको कुटपिटबाट घाइते भएका रामको सगरमाथा अञ्चल अस्पताल राजबिराज हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा आइतबार दिउसो बाटोमै मृत्यु भएको हो ।

कुटपिट गर्ने समूह फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ