अवैध लागूऔषध सहित पक्राउ

समाचार

6/27/2019

बाँके, १२ असार । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध तथा नियन्त्रित लागूऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका २० बस्ने १८ वर्षीय सुरेश शाह र सोही उपमहानगरपालिका ८ बस्ने ३८ वर्षीय सनै कपाडिया रहेका छन् ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगन्जबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालगञ्जतर्फ आउदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा शाहको साथबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय मिलिग्राम तथा कपाडियाको साथबाट नियन्त्रित लागूऔषध नाइट्रोभ्याट १० ट्याबलेट र कोरेक्स १ शीशि फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ