करेन्ट लागेर मृत्यु

समाचार

12/16/2018

रौतहट, २९ मंसिर । आफ्नै घरमा पानी तान्न मोटर चलाउने क्रममा शुक्रबार बेलुका करेन्ट लागेर गम्भीर रुपमा असक्त भएका चन्द्रपुर नगरपालिका–८ बस्ने १५ वर्षीय रोहन बिकको चपुरस्थित सरकारी अस्पताल हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजतर्फ लैजाने क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ