हिन्दूराष्ट्र पुर्नस्थापनाका लागि अन्तर्राष्ट्रिय सम्मेलन गरिने

समाचार

2/6/2020

काठमाडौं, २३ माघ । विश्व हिन्दू महासंघ भारतका अध्यक्ष अजय सिंहले नेपालमा हिन्दूराष्ट्र पुर्नस्थापनाका लागि ठूलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने घोषणा गरेका छन् ।

नेपाल भ्रमणमा रहेका अध्यक्ष सिंहले बिहीबार काठमाडौंमा विश्व हिन्दू महासंघ नेपाल, नेपाल विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ अन्तर्रा्ष्ट्रिय समिति र मिशन नेपाल राष्ट्र निर्माण अभियानका प्रतिनिधिहरुसँगको भेटवार्तामा यस्तो बताएका हुन् ।

आगामी बैशाखमा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय हिन्दू सम्मेलनमा विभिन्न ११ राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलगायत ६० भन्दा बढि देशका प्रतिनिधिहरुको सहभागिता हुने पनि उनले जनाए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ