काठमाडौं, ५ फागुन । महिला माथिको हिंसाका घटना पछिल्लो समय पाकिस्तानमा बढ्दै गएको छ । जहाँ हिंसा पीडित महिलाको संख्या २ करोड नाघेको छ । पाकिस्तान महिलोको लागि विश्वको छैठौ असुरक्षित देश बनेको छ ।
एक जर्मन रेडियोले पाकिस्तानमा गरेको अध्ययनको तथ्यांक सार्वजनिक गर्दै भनेको थियो महिला अधिकारको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थामार्फत २००४ देखि २०१६ को बीचमा ४ हजार ७ सय ३४ महिलाले यौन हिंसाको मुद्दा दर्ता गरेका छन् ।
१५ हजारभन्दा माथि महिलाले दुव्र्यवहारको लागि, १८ सयले घरेलु हिंसा तथा ५५ सयले अपहरणका लागि मुद्दा दर्ता गरेका छन् ।
त्यस्तै जनवरी २०११ देखि २०१७ को बीचमा ५१ हजार भन्दा महिलाले हिंसाको भोग्नु परेका तंथ्याकमा पाइएको छ ।
रिपोर्ट गरिएका घटनाहरूमा पनि २.५५ प्रतिशतलाई मात्रै दोषी ठहराइइदै महिलाहरुले आत्मविश्वास कम हुँदै गएको र उनीहरुले हिंसाविरुद्धको घटनामा उजुरी दिन पनि छोड्दै गरेको प्रचलन विकसित हुँदै गइरहको छ ।
महिला हिंसा सम्बन्धित मुद्दा हेर्नलाई १ हजार विशेष अदालतहरुको स्थापना गर्ने पाकिस्तानी मुख्य न्यायधीशको घोषणापश्चात पनि कुनै ठोस कदम चालिएको छैन् । पाकिस्तानीकी एक महिला अधिकारवादी मुख्तरन माइले यसलाई प्रणालीगत समस्या भनेकिछन् । सन् २००४मा सामूहिक बलात्कारको शिकार भएकी माइ अहिलेसम्म पनि न्यायका लागि लडिरहेकी छिन् ।
अर्का महिला अधिकारकर्मी फर्जाना बारी अनुसार पाकिस्तानमा यो समस्या बढ्दै जानुको कारण यहाँको पितृसत्तात्मक सोच हो । जुनसुकै सरकार आएपनि यस्तो सोचको अन्त्य गर्न कुनै पहल नगरेको उनको गुनासो छ ।
विश्व बैंकको २०१९को तथ्यांकअनुसार १५ बर्ष माथिका जम्मा २४.५ प्रतिशत महिला सक्रिय रुपमा श्रम गर्छन् । श्रमशक्तिमा महिलाको संख्या न्यून हुने देशहरुमा पाकिस्तान १५ औं स्थानमा पर्छ सार्वजनिक ठाउँमा महिला अनुपस्थित हुनुको यो एउटा महत्वपूर्ण कारण हो ।
वल्ड भ्यालु सर्भे अनुसार पाकिस्तानका ७४.६५ प्रतिशत पुरुष विश्वास गर्छन् कि काम गर्ने पहिलो अधिकार पुरुषकै हुन्छ । ७२.५ प्रतिशत पुरुषले महिला भन्दा पुरुष नेतृत्वका लागि उत्तम हुने सोच राख्दछन भने ५१.५ प्रतिशत पुरुषले विश्वविद्यालय शिक्षा महिलाभन्दा पुरुषको लागि बढी महत्वपुर्ण हुने धारणा राख्दछन् ।
यस तथ्यांकले यो समस्याको जड कति गहिरो छ भने देखाउछ र यसले मुलुकै समग्र अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पारिहेको छ ।
तपाईको प्रतिक्रिया