लुटपाट गरेको अभियोगमा तामाङ पक्राउ

समाचार

10/23/2019

महोत्तरी, ५ कार्तिक । बर्दिवास नगरपालिका–१० बनपथ चोकस्थित खैयरमाराबाट सर्लाहीतर्फ जाँदै गरेको ना.३ ख ९५६७ नम्बरको ट्रक चालकलाई कुटपिट गरी साथमा रहेको मोबाइल र नगद २५ हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बर्दिवास नगरपालिका–१० स्थित बरमथान बस्ने ३० वर्षीय रबिन तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अपरिचित ४ जना व्यक्तिहरुले ट्रक रोकी लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैयरमाराबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न मध्यका तामाङलाई पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ