विराटनगर, १२ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले लामखुट्टे नियन्त्रण गर्ने उपकरण मेसिन हस्तान्तरण गरेका छन् ।
उनले तराईमा लामखुट्टेबाट सर्ने रोगबाट हुने अकाल मृत्यु रोकथामका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।
मोरङ क्षेत्र नं ४ का सङ्घीय सांसद अमनलाल मोदीले दक्षिण कोरियाको क्रुपी फाउण्डेसनबाट उपलब्ध गराइएका ३० थान लामखुट्टे (मच्छर) नियन्त्रण गर्ने उपकरण मेशिन आइतबार स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गर्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री राईले जनप्रतिनिधिले मानव स्वास्थ्य रक्षामा सदैव कार्य गर्नुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया