लुम्बिनीमा कथिन दान उत्सव सम्पन्न

समाचार

11/23/2018

रुपन्देही, ६ मंसिर । लुम्बिनीमा बौद्ध परम्पराअनुसार पवित्र ‘कथिन’ उत्सव सम्पन्न भएको छ ।

तीन महीना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो ।

थाइल्याण्डका दाताको सहयोगमा आयोजित कथिन उत्सवमा लुम्बिनीको राजकीय बुद्ध विहारमा तीन महीना वर्षाबासमा बस्नुभएका भिक्षु सागर धम्मलगायत विभिन्न क्षेत्रका २५ जना भिक्षुलाई बौद्ध परम्पराअनुसार कथिन चिबर दान, अष्टपरिष्कार दान गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ