पर्यटकलाई आकर्षित गर्न लुम्बिनीमा कोसेली घर

समाचार

5/20/2019

बुटवल, ६ जेठ । पर्यटकलाई आकर्षित गर्नका लागि लुम्बिनीमा कोसेली घरको स्थापना गएिको छ । लुम्बिनी भ्रमण वर्षमा अत्याधिक पर्यटकलाई लुम्बिनी भ्रमण गराउने उद्देश्यले विभिन्न तयारी गरिएको छ सोही अनुरुप कोसेली घरको पनि स्थापना गरिएको हो ।

प्रदेश ५ मा घरेलु तथा साना उद्योगबाट उत्पादित हस्तकलाका सामाग्री प्रदर्शन र बिक्रिका लागि लुम्बिनीमा कोशेली घर स्थापना गरिएको छ । प्रदेश सरकारको छ लाख रुपैंया सहयोगमा नेपाल उद्योग वाणिज्य महासङघ प्रदेश ५ सहित यस क्षेत्रका विभिन्न व्यावसायिक संस्थाले कोशेली घरको समन्वयन र व्यवस्थापन गरेका हुन् ।
लुम्बिनीको अस्थायी सभाहल अगाडी कोशेली घर स्थापना गरिएको भए पनि केहि दिनमा शान्ति दीप नजिकै लुम्बिनी विकाश कोषले उपलब्ध गरायको कोठामा कोशेली घर रहने छ ।

कोशेली घरमा अल्लोका कपडा, जुक्ता, ढाकाका टोपीदेखि सबै किसिमका पोसाक, कुशको चकटी , केराको रेसाबाट बनाएका विभिन्न कपडा, थारु समुदायले बनाउने ढकिया , अटेरीबाट बनाइएको मुढा, महिलाले लगाउने परम्परा कराल तथा विभिन्न शृङ्गार सामाग्रीसहित करिब एक सय प्रकारका हस्तकला सामान राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ