बुटवल, २९ माघ । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर बुद्ध जन्मस्थल लुम्बिनीमा पनि परेको छ । कोरोना भाइरस संक्रमणले भ्रमण वर्षमा नकारात्मक असर परेको हो ।
यो वर्षको फेब्रुअरी १ तारिखदेखि ११ तारिखसम्म २१२ चिनियाँ नागरिक मात्र लुम्बिनी भ्रमणमा आएका छन् ।
अघिल्लो वर्षको फेबु्रअरी महिनाको सोही अवधि ११ दिनमा भने एक हजार एक सय ११ जना चिनियाँ लुम्बिनी भ्रमणमा आएका थिए । कोरोना भाइरस संक्रमणका कारढा चिनियाँ पर्यटकमा कमी आएको हो ।
यस्तै भारत हुँदै स्थलमार्ग बेलहियाबाट नेपाल आउने चिनियाँको संख्या पनि गत वर्षभन्दा यो महिना आधा घटेको छ ।
चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले चिनियाँहरुलाई कडाई गरेपछि त्यसको असर लुम्बिनी परेको हो ।
तपाईको प्रतिक्रिया