भैरहवा, १९ वैशाख । अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीको संरक्षण सम्बद्र्धनमा टेवा पु¥याउने उद्देश्य राखी एक भेलाले रामविकास चौधरीको संयोजकत्वमा २१ सदस्यीय लुम्बिनी बचाऔं अभियान तदर्थ समिति गठन भएको छ ।
नवगठित समितिको वरिष्ठ सह–संयोजकमा हुसेनी लोध, सह–संयोजकमा मोहम्मद इस्लाम खान, सचिवमा अजय सिंह, सह–सचिवमा संजय कुमार मिश्रा तथा कोषाध्यक्षमा रफिक अहमद मुसलमान भएका छन् ।
त्यस्तै सदस्यहरुमा अर्जुन प्रसाद कुर्मी, शीला हरिजन, अञ्जना चौहान, तहरुन निशा फकिर लगायत रहेका छन् ।
अभियानले लुम्बिनीको समग्र विकास समक्ष बाधा अडचन तथा विभिन्न थिचोमिचो विरुद्ध आम नागरिकहरुलाई गोलबन्द गरी संघर्ष मार्फत सरोकारवाला निकायहरुलाई अग्रगामी बाटो पहिचान गराउने लक्ष्यका साथ अगाडी बढनका लागि बुद्धीजीवि र पर्यटन व्यवसायीहरुसंग छलफल गर्ने निर्णय समेत गरेको छ ।
तपाईको प्रतिक्रिया