बुटवल, १२ वैशाख । प्रदेश ५ सरकारले जेठ ४ गतेदेखि लुम्बिनी भ्रमण वर्ष मनाउने भएको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं : शान्तिको सन्देश फैलाऔं’ नारासहित भ्रमण वर्ष मनाउन लागिएको हो ।
बुधबार बुटवलमा पत्रकार सम्मेलको आयोजना गरी भ्रमण वर्ष मनाउन लागिएको प्रदेश सरकारले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले नेपाल सरकारले सन् २०२० मा मनाउन लागेको भिजिट नेपाललाई सफल बनाउन आधार प्रशस्त गर्ने र लुम्बिनीको पर्यटन प्रवद्र्धनका माध्यमबाट प्रदेशको समृद्धि हाँसिल गर्न टेवा पु¥याउने उद्देश्य रहेको बताए ।
तपाईको प्रतिक्रिया