रुपन्देही, ४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिन्ी भ्रमण वर्ष २०७६ को उद्घाटन गरेकी छन् । प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शनिबार लुम्बनीबाट सुभारम्भ गरेकी छन् ।
राष्ट्रपति भण्डारीले लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन अहिलेको आबश्यकता भएको बताएकी छन् । उनले ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयनमा जोड दिएकी छन् ।
बुद्ध परिपथ निर्माण गरी विश्वकै सांस्कृतिक पर्यटक स्थल बनाउनुपर्ने उनको जोड छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको बताए ।
तपाईको प्रतिक्रिया