शिव डुम्रे, लुम्बिनी, २३ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियान संचालन गरिरँहदा बुधबार अर्घाखाँचीको छत्रदेव गाउँपालिका ४ केरुङ्गाबाट अभियानकै क्रममा गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टी अभियानको सिलसिलामा संगठन निर्माण तथा विस्तार गर्न पुगेका जिल्ला इन्चार्ज सहितको अभियान टोलीलाई प्रहरीले पक्राउ गरेको हो । देशभर संगठन निर्माणमा तिव्रता दिएको नेकपाले पछिल्लो समय अभियान चलाईरहेको थियो ।
विनाकारण आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले एक विज्ञप्ती जारी गर्दै तत्काल नछोडे कडा संघर्षमा जाने चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया