लहान : हतियारसहित दुई युवक पक्राउ

समाचार

12/8/2018

राम नारायण पंडित, सिरहा, २२ मंसिर । हतियार र लागूऔषधसहित प्रहरीले सिरहाको लहानबाट दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यलय लहानबाट खटिएको प्रहरी टोलीले हतियार र लागूऔषधसहित लहान नगरपालिका ४ बस्ने रंजित यादव र ५ बस्ने रामचन्द्र पासवानलाई पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा लहान नगरपालिका ४ स्थित रंजित यादवको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाईछिपाई राखिएको अवस्थामा केएफ ८ एमएम लेखिएको २ थान पेस्तोल, ३०३ राइफलको गोली १ राउण्ड बरामद भएको छ ।

त्यसैगरी, प्रयोग भइसकेको डाइजेल्याब ८ एम्पुल, फेनार्गन ६ एम्पुल , लुपिजेसिक २ एम्पुल, सिरिन्ज ८ थान, नाइट्रोभेट ५ थान डाइलेक्स डिसी १ बोतल लगायतका लागुऔषध समेत बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ