काठमाडौं, २० माघ । रौतहट जिल्लाको गढीमाई विकास केन्द्र संग्रामपुर–४ सुन्दरपुरलाई छिमेकी मित्रराष्ट्र भारतले एम्बुलेन्स प्रदान गरेको छ ।
भारतको ७१औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासमा आयोजित समारोहमा विकास केन्द्रका अध्यक्ष दिपेन्द्र यादवलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरिएको छ ।
विकास केन्द्रले बालविकास, शैक्षिकस्तर सुधार, पञ्चवर्षीइ गढीमाई मेलाको व्यवस्थापन, शुद्ध खानेपानी व्यवस्थापन लगायतको सामाजिक कार्य गर्दै आएको छ ।
गाउँमा एम्बुलेन्स नहुँदा सुत्केरी तथा विरामीहरूलाई अस्पताल पु¥याउन अप्ठ्यारो भइरहेको अध्यक्ष यादवले बताए ।
उनले एम्बुलेन्स उपहार पाएपछि यस क्षेत्रका जनताका लागि ठूलो सहयोग भएको भन्दै खुशी व्यक्त गरेका छन् । साथै उनले भारतीय दूतावासलाई धन्यवादसमेत ज्ञापन गरेका छन् ।
यसैगरी, यसैगरी, श्री गढीमाई आधारभूत विद्यालय सुन्दरपुर रौतहटलाई भारतीय दूतावासले २० हजार रूपैयाँ बजारको पुस्तकहरू उपलब्ध गराएको छ ।
विद्यालयका प्राधानाध्यापक दिनेश प्रसाद साहले सो पुस्तक विद्यालयको पुस्तकालयका लागि अति उपयोगी हुने बताए ।
तपाईको प्रतिक्रिया