विकास विरोधीहरु नगरपालिकालाई बदनाम गराउन लागेका छन् : मेयर शाह

समाचार

5/31/2019

कपिलवस्तु, १६ जेठ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले यस क्षेत्रका बिकास विरोधी केही स्थानिय नेताहरु निर्वाचनमा हार व्योहोरे पछि नगरपालिकालाई बदनाम गर्न लागेका आरोप लगाएका छन् ।

केही दिन पहिले विभिन्न सञ्चार माध्यममा नगरपालिका र कर्मचारी प्रती आएको समाचारको खण्डन गर्दे नगर प्रमुख शाहले स्थानिय केही नेताहरु नकारात्मक प्रचार गरि नगरापालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई हतास बनाउने प्रयास गर्दै आएको बताएका छन् ।

कृष्णनगर नगरपालिकामा पत्रकार सम्मेलन गर्दै शाहले यस क्षेत्रका केही ठुलाबाडाले केही अनलाइनमा भ्रामक समाचार लेख्न लगाई नगरपालिकामा प्रापोगण्डा मच्चाउन खोजेको आरोप लगाए ।

विभिन्न बहानामा आफु र नगरपालिकाका कर्मचारीहरुलाई लक्षित गरी गलत समाचार प्रकाशन हँुदै आएकोले सत्य तथ्य पत्ता लगाउन समिति बनाई अनुुसान्धन थल्ने नगर प्रमुख शाहको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ