पर्सा, १९ असार । वीरगंज महानगरपालिका १३ श्रीपुरस्थितयातायात व्यवस्था कार्यालय वीरगंजको सवारी शाखामा बिचौलियाको काम गर्ने कार्यमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका १५लक्ष्मणवा बस्ने २० वर्षीय विनय कुमार गुप्ता समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त कार्यालयमा बिचौलिया कामगरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया