काठमाडौं, ३ असार । स्थानीय तहका लागि लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत भएको भन्दै चौतर्फी विरोध भइरहँदा पनि आयोगले बेवास्ता गरेको छ ।
लोकसेवा आयोगले आवेदन फारम बुझाउने म्याद सात दिन थप गरेको छ । आयोगले फारम अनलाइनबाटै लिने व्यवस्था मिलाए पनि बिगत तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि आवेदकहरु निकै मर्कामा परेका थिए ।
यससंगै असार १० गतेसम्म नियमित तथा १७ गतेसम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिने आयोगले विज्ञप्तिमार्फत् जनाएको छ ।
आयोग यसपटक ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ । हालसम्म १ लाख ६५ हजार भन्दा धेरैले आवेदन दिइसकेका छन् ।
तपाईको प्रतिक्रिया