वडाध्यक्षले आफ्नो भत्ताबाट गराइदिए विपन्नका छोरीको विवाह

समाचार

5/7/2019

नवलपरासी (पश्चिम), २४ बैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका एक वडा अध्यक्ष र समाजसेवी उदाहरणीय कार्य गरेका छन् ।

राग्राम नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष महेन्द्र ठाकुरको नेतृत्वको १० जनाको एक समूहले बैशाख १३ गते विपन्न परीवारका छोरीको विहे गराएका छन् ।

वडा नं. ८ कै बुवा किशोर धोवि र आमा रम्भा धोविको काँखबाट जन्मेकी छोरी मैना देविको विहे वडाअध्यक्षले गराएका हुन् । केही महिना अगाडि रुपन्देही जिल्लाको ललितपुर बस्ने बलिराम धोविको छोरा मनोहर धोविसँग लगनगाँठो गरी विहे तय गरीएको थियो ।

विहे हुने समय दुबै पक्षले तय गरिसकेपछि दुबै पक्षले विहेको तयारी गर्न थाले । यसैविच केटिपक्ष दुलहीको बुवा किशोर धोविले पनि विहेको तयारीमा लागे ।

गरीब घरपरीवार भएको दुल्हीको बुवा पैसाको जोहोमा भौैतारीन थाले । केटा पक्षले आफ्नो घरमा जन्ती लिएर आँउदा खान बस्न व्यवस्थापनाका लागि पैसा नभई नहुने किशोरले तनावमा बस्न थाले ।

यसै विचमा किशोरले गाउँमै रहेका विभिन्न सहकारीहरु माथि निर्धक भएर पैसा अन्त खोज्नु पर्ने अवस्था आउँदैन भने आसमा बसे । तर उनको गरीबिलाई कसले सम्झने अनि शहकारीहरुले पनि पैसा दिन मानेन ।

त्यसपछि उनी अन्य साथीभाईकोमा पनि पैसा सापटीको लागि सहयोग मागे तर साथीभाईहरुले पनि दिएनन् । विहे गर्न जम्मा १० दिन बाँकी रहँदा कसरी गर्ने भनेर उनी अब नहुने भयो भनेर मानसिक तनाव लिन थाले ।

यसरी विहेको समय नजिकदै जाँदा पैसाको व्यवस्थापन हुन नसकेपछि उनलाई चिन्ताले सताउन थाल्यो । यो अवस्थाको वारेमा त्यसै वडाका वडा अध्यक्ष महेन्द्र ठाकुरलाई थाहा हुन पुग्यो ।

यसरी पैसाको अभावमा विहे नै टुट्न सक्छ सोच्दै वडा अध्यक्षले कति ? खर्च लाग्छ म दिन्छु र अन्य साथी भाईबाट सहयोग गराउँछु भनेर दुल्हीको वुवा किशोर धोविलाई भने ।

वडाअध्यक्षको कुरा सुनेपछि उनलाई भित्रसम्म छोयो यस्तो पनि मान्छे संसारमा छन् जुन कठिनाईको समयमा देउता बनेर आउँछन् र उनी किशोर विहेको तयारीमा जुटे । विहेको लागि सम्पूर्ण खर्च व्यहोर्न वडा अध्यक्षको नेतृत्वमा करीब १० जनाको एक समूह खडा भयो ।

गरीब घरपरीवार भएका ति किशोरको छोरीको विहे जसरी भएपनि हुनैपर्छ भनेर गाउँका केही समाजसेवी व्यक्तिहरु पनि लागे र आर्थिक सहयोग गरे । पैसा कहिले पनि फर्काउनु पर्दैन भन्दै ति वडा अध्यक्ष लगायतको टोलिले केटी पक्षलाई भने ।

केटी पक्षले पनि विहेको पूर्ण तयारी गरी आफ्नै घरबाट छोरी मैनादेविको विहे गर्न सफल भए । वडाअध्यक्ष महेन्द्र ठाकुरले आफ्नो तलब भत्ता आउने सबै रकम ति केटीको विहेको लागि दिएका छन् ।

यसरी वडा अध्यक्षको र केही स्थानिय समाजसेविहरुको सहयोगमा एक घरपरीवार बस्न पाएपछि ति समाजसेविहरु चर्चामा रहेका छन् । यस्तो सामाजिक कार्यमा सहयोग गरेका वडाअध्यक्षले आफुले सकेसम्मको यस्ता पीडित परिवारलाई आगामी दिनहरुमा पनि सहयोग गर्ने र अन्य व्यक्तिहरु लाई गर्नको लागि आग्रह समेत गर्ने वडाअध्यक्षले बताएका छन् ।

यसअघि पनि अध्यक्षले आफ्नो भत्ता बापतको रकमबाट वडा भित्र रहेका जेष्ठ नागरिकहरुलाई धार्मिक स्थलको दर्शन समेत गराइसकेको बताइएको छ ।

त्यसैगरी वडा भित्र मृत्युु हुने परिवारलाई क्रिया खर्च बापत नगद रकमसहित खाद्यान्न उपलब्ध गराउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ