वडाहरुमा महानगरपालिकाद्वारा आकस्मिक निरीक्षण

समाचार

12/16/2018

वीरगन्ज, १ पुस । वीरगन्ज महानगरपालिकाको टोलीले विभिन्न वडाहरुको आकस्मिक निरीक्षण गरेको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भिष्मकुमार भूसाल, उपसचिव शिव प्रसाद लम्साल, योजना महाशाखाका प्रमुख वरिष्ठ योजना अधिकृत एकलाख सिद्धिकि लगायतका अधिकारीहरुको टोलीले वडा नम्बर २२ र २४ को वडा कार्यालयको आकस्मिक निरीक्षण गरेको छ ।

वडा कार्यालयका प्रशासनिक कामकार्यवाही, विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन गर्दै वडा अध्यक्ष लगायत वडा सदस्यहरुसँग स्थानीय समस्याहरुको बारेमा महानगरपालिकाका अधिकारीहरुले छलफल समेत गरेका थिए ।

छलफलमा वडामा रहेका समस्याहरुका बारेमा जनप्रतिनिधिबाट देखाइएको चासोलाई अबिलम्ब पुरा गरिने प्रतिबद्धता प्रमुख प्रशासकीय अधिकृत डा भिष्मकुमार भूसालले व्यक्त गरे ।

निरीक्षणको क्रममा डा भूसालले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत तथा नराम्रो काम गर्नेलाई कडा कार्यवाहि गरिने चेतावनी समेत दिए ।

साथै महानगरापालिकाको उक्त टोलीले वडा नम्बर २८ बगहीमा रहेको अस्पतालको निरीक्षण तथा अनुगमण समेत गरेको छ ।

अस्पतालमा रहेको एक्स रे मेसिन अबिलम्ब संचालन गर्नका लागि आवश्यक पूर्वाधारका व्यवस्थापन गर्ने लगायत अस्पतालमा भौतिक समस्याहरुको बारेमा छलफल भएको थियो ।

अस्पतालकी प्रमुख डा. अनामिका कुमारी सिहंले अस्पतालका चिकित्सकहरुका लागि क्वाटरको आवश्यकता बारेमा महानगरपालिकाका अधिकारीहरुलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ