वडा कार्यालयद्वारा खेल साम्रगी वितरण

समाचार

12/19/2018

कपिलवस्तु, ४ पुस । शुद्धोधन गाउँपालिका वडा नं ५ को वडा कार्यालयले विद्यार्थी तथा युवाहरुलाई विभिन्न खेल सामग्री वितरण गरेको छ ।

वडामा रहेका बालबालिका तथा युवाहरुलाई खेलप्रति रुची जगाउन र खाली समयको सदुपयोग गर्नका लागि खेल साम्रगी वितरण गरिएको वडा नं ५ का अध्यक्ष आशुतोष कुमार सिंहले बताए ।

वडामा रहेका २० गाउँमध्ये प्रत्येक गाउँमा ब्याडमिन्टन सेट, किक्रेट सेट, टेवल टेनिस लगायतका साम्रगी सबै गाउँमा वितरण गरिएको वडा अध्यक्ष सिंहले बताए ।

वितरण कार्यक्रममा वडा सचिव सभाजित प्रसाद चौधरी तथा वडा सदस्य परशुराम यादवको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ