विद्युत् चोरी गर्ने आठ जना पक्राउ

समाचार

12/5/2018

राजविराज, १९ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत् चोरी गरेको आरोपमा मङ्गलबार आठ जनालाई पक्राउ गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले विद्युत् पोलमा अङ्कुस लगाई विद्युत् चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको विद्युत् प्राधिकरण कार्यालयका प्रमुख चन्द्रनारयाण साहले बताए ।

छिन्नमस्ता गाउँपालिका–१ का प्रदीप राय, सैनिक राय, रीतानन्द राय, कमलेश राय, देवनारायण राय, रामधन खंग, वडा नं ५ का प्रल्हाद दास र वडा नं ७ का जामुन रायलाई पक्राउ गरिएको हो । पक्राउ गरिएकालाई विद्युत्् ऐनअनुसार जनही रु १५ हजार ५०२ जरिवाना असुल गरी छाडिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ