मोरङ, ३ बैशाख । कटहरी गाउँपालिका(६ मुस्लिम टोल बस्ने कृष्णबहादुर लुईटेलको घरबाट विधुत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा उनको २ तल्ले घर, गोठ, छिमेकी मनोज बिष्टको फुसको छानो भएको घर र कमल बिष्टको कच्ची घरमा समेत आगलागी भएर करिव ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानिय वासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया